• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

सर्पको विष समेत झार्ने तेजपत्ताका यी हुन् चमत्कारी फाइदा


  • धनकुटा खबर
  • .

तेजपत्ता पनि घरेलु औषधीले भरिपुर्ण गुण भएको पात हो । यसले माछा, मासुका परिकार स्वादिलो बनाउनको लागि प्रयोगमा ल्याइन्छ । तर यसको औषधीय गुणको बारेमा भने धेरैलाई थाहा नहुन सक्छ । यसले स्वादको मात्र काम नगरेर अचुक औषधीको काम गर्छ । तेजपत्ताका फाइदा यस्ता छन् ।

सर्पको विष झार्छ: सर्पले टोक्ने वित्तिकैको आलो घाउलाई तत्काल निको पार्न तेजपत्ताले औषधिको काम गर्छ । विषालु किराले टोकेर बनेको घाउमा तेजपत्ताको रस प्रयोग गर्दा घाउ ठिक हुन्छ । सर्पले टोकेको ठाउँमा तेजपत्ताको रस लगाउँदा विष झर्छ । तेजपत्ताको तेलमा ‘एन्टी फंगल’ तथा ‘एन्टी ब्याक्टेरियल’ गुण हुन्छ, जसले छालाको इनफेक्सनबाट समेत बचाउँछ ।

जुम्रा मास्छ: टाउकोमा जुम्रा परेर दिक्क हुनेलाई तेजपत्ता वरदान बन्न सक्छ । पानीमा तेजपत्ता राखेर धेरै बेर उमाल्ने । यसरी उमालेको मनतातो पानीलाई कपालको जरामा लगाउने । तीन–चार घन्टा राखेपछि पानीले टाउको पखाल्ने गरेमा जुम्राको समस्या हट्छ । साथै कपाल निकै चमकदारसमेत बन्छ ।

निद्रा राम्रो लाग्छ: यदि तपाईलाई रातमा निद्रा लाग्दैन भने सुत्नुअघि तेजपत्ता उमालेको पानी पिउँदा रातभर निद्रा राम्रो लाग्छ । नाकबाट रगत बग्न रोक्छ: गर्मी मौसममा कतिलाई नाकबाट रगत निस्किने समस्या हुन्छ । दुई–तीनवटा तेजपत्तालाई पानीमा राम्रोसँग धेरै बेर उमाल्ने र चिसो बनाएर पिउनाले नाकबाट रगत बग्न बन्द हुन्छ ।

रुघा–खोकी ठीक पार्छ: रुघा–खोकीसहित अन्य कैयौँ प्रकारका इनफेक्सनबाट छुटकारा पाउन तेजपत्ताले भरपूर मद्दत दिन्छ । दुई–तीनवटा तेजपत्ता पानीमा १० मिनेटसम्म उमाल्ने र त्यस पानीमा कटनको कपडा भिजाएर निचोरेपछि तालुमा राख्ने ।यसो गर्दा रुघा–खोकी र अन्य श्वासका बिरामीलाई आराम मिल्छ ।

मस्तिष्कको क्षमता बृद्धि गर्न: दालचिनीको प्रयोगले उनीहरुमा सिक्ने खुबीको विकास भएको पत्ता लगाएका छन् । कमजोर क्षमता भएकालाई क्षमतावानमा परिणत गर्न यो नै सबैभन्दा सुरक्षित एवं सजिलो माध्यम हुनेछ’, रस विश्वविद्यालयका प्रोफेसर तथा मुख्य अनुसन्धानकर्ता कालीपदा पहलले भने । उनले कोही व्यक्ति जन्मजातै क्षमतावान् हुने, कोही प्रयास गरेर क्षमतावान् बन्ने तथा कोहीमा अनवरत प्रयासका बाबजुद नयाँ कुरा सिक्नमा कठिनाई हुने गरेको बताए ।

यसैगरी जाडोयाममा धेरै मानिसलाई स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरू आइरहेका हुन्छन् । आफ्नै घरवरीपरि भएका विभिन्न किसिमका वनस्पतीबाट पनि त्यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ भन्ने कतिपयलाई थाहा नहुन पनि सक्छ । त्यस्तै विशेष गुण भएको वनस्पती हो तुलसी । तुलसीले औषधीको रुपमा यसले सबै मानवजातिलाई कल्याण नै गर्दछ । झन् जाडो याममा तुलसी निकै उपयोगी साबित हुन्छ ।

किनभने जाडोमा रुघा, ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको समस्या, फोक्सोको समस्या आदि हुनेगर्छ । यस्तो अवस्थामा तुलसीले अचूक औषधीको काम गर्छ । तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन । यदि चिसो लागेको छ भने कफ निकाल्छ । छातीको दुखाइ पनि कम गर्छ । तुलसीको अद्भूत क्षमताले स्वास प्रणालीको झिल्लीमा पनि सकारात्मक प्रभाव पार्दछ । निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चा पानीमा घोलेर केही दिन पिउँदा ज्वरो निको पार्दछ ।

तुलसीलाई दुधसँग मिसाएर सेवन गर्दा थप लाभ गर्छ । यस्तो मिश्रण खाली पेटमा सेवन गर्दा प्रभावकारी हुन्छ । यदि कसैलाई दम वा श्वासप्रश्वास सम्बन्धी समस्या छ भने दुध र तुलसी सेवन गर्नुपर्छ । बिहान खाली पेटमा नियमित दुध र तुलसी सेवन गर्दा फाइदा हुन्छ । टाउको दुख्ने समस्या छ भने पनि तुलसीको पात र दुधको मिश्रण उपयोगी हुन्छ । यसले हरेक उमेरका व्यक्तिलाई मद्दत गर्छ । माइग्रेन जस्तो समस्यामा पनि यो उत्तिकै लाभदायक हुन्छ । यसैगरी, मुटुसम्बन्धी समस्या हुने व्यक्तिले बिहान खाली पेटमा दुध र तुलसी सेवन गर्नुपर्छ ।

पानीको मात्रा अनुसार हरिया तुलसीका पत्ताहरू हाल्नाले पानी शुद्ध एवं किटाणुरहित बन्छ। तुलसीको पातलाई छायाँमा सुकाएर फिटकिरी मिसाएर पिनेर तयार पारिएको झोलले घाउ शीघ्र निको हुन्छ। ज्वरो, आलश्यता, अरूचि आदि रोगको लागि तुलसीको पातको चिया बनाएर खानाले यी रोगहरू दूर हुन्छन्। तर यसको प्रयोग नियमित हुनुपर्छ। सानासाना बच्चाको घाँटी असजिलो भएमा वा रूघाखोकीले सताएमा तुलसीको रस पिलाएमा आराम हुन्छ।

साना बच्चाको पेट फुलेमा पनि उमेर अनुसार ५१० ग्राम तुलसीको रस पियाउनाले आराम हुन्छ। तुलसी पत्रलाई पानीमा उमालेर शरीरको दुखेको भागमा बाफ दिनाले दुखेको ठाउँमा आराम हुन्छ। तुलसीको रस लगाउने लामखुट्टेले टोकेको समेत आराम मिल्छ। स्त्रीको मासिकको समयमा अत्याधिक रक्तश्राव भएमा वा रिगंटा लागेमा तुलसीको रसमा मह मिलाएर खानाले लाभ हुन्छ। साथै तुलसीको बिउमा जिराको चूर्ण र मिश्री मिलाएर साँझ बिहान दूधसँग पिउने गर्नाले पिसाबसम्बन्धी रोग दूर हुन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖