• Friday 9th of October 2026

धादिङको खरी आसपास भएर पुनः भूकम्पको धक्का महसुस


  • धनकुटा खबर
  • .

काठमाडौ, कार्तिक २६ । धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ ।

शनिबार राति ११ बजेर २३ मिनेटमा धादिङको खरी आसपास भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि खरी आसपास भएर गत कार्तिक ५ गते ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट घरहरूमा क्षति पुगेको थियो भने पहिरो समेत गएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖