• Friday 9th of October 2026

मोरङको उर्लाबारीमा आगलागी : चार जना प्रहरीसहित २७ जना घाइते


  • धनकुटा खबर
  • .

काठमाण्डाै – मोरङको उर्लाबारीमा गएराति भएको आगलागीमा २७ जना घाइते भएका छन् । घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ ।

घाइते हुनेहरुमा चार जना प्रहरी पनि रहेका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिनुभयो ।

स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको हो । घाइतेहरुको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरी समेत घाइते भएका हुन् । आगलागी नियन्त्रणमा आएको र अरु विस्तृत विवरण सङ्कलनको काम भइरहेको डीएसपी दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖