• Monday 5th of October 2026

रश्मिकाको ‘डीपफेक’ भिडियो प्रकरण : दिल्ली प्रहरीद्वारा एफआईआर दर्ता


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली- भारतको संघीय राजधानी दिल्लीको प्रहरीले अभिनेत्री रश्मिका मन्दानाको ‘डीपफेक’ भिडियो प्रकरणमा एफआईआर दर्ता गरेको छ । दिल्ली प्रहरीको विशेष सेलले घटनाको अनुसन्धान गरिरहेको छ ।

गत नोभेम्बर ६ मा सामाजिक सञ्जालमामा भाइरल भएको एक भिडियोमा रश्मिकाकै अनुहार भएकी महिला देखा पर्छिन् । यद्यपि उनी रश्मिका भने होइनन् । उनी जारा पटेल नामकी युवती हुन् । उनको अनुहार रश्मिकाको अनुहारमा परिवर्तन गरिएको थियो । यसबारे रश्मिकाले सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोगको कारण उत्पन्न हुने जोखिमबारे पनि चिन्ता व्यक्त गरेकी थिइन् ।

उनीले लेखेकी छिन्, ‘त्यस्ता कुराहरू मेरो लागि मात्र होइन, प्रविधिको दुरुपयोगका कारण असुरक्षित भएकाहरूका लागि पनि खतरनाक हुन्छन् । आज, एक महिला र एक अभिनेताको रूपमा, मलाई समर्थन गर्ने मेरो परिवार, साथीहरू र शुभचिन्तकहरूप्रति आभारी छु। तर यदि म स्कूल वा कलेजमा छँदा मलाई यो भएको भए, म वास्तवमै यसको सामना कसरी गर्ने थिएँ भनेर म भन्न सक्दिनँ। धेरै मानिसहरू प्रभावित हुनु अघि हामीले समुदायको रूपमा यसलाई छिटो सम्बोधन गर्न आवश्यक छ ।’

यो भिडियोमा देखिएका वास्तविक युवती जारा पटेलले पनि नोभेम्बर ७ मा प्रतिक्रिया दिएकी थिइन् । जाराले यस डिपफेक भिडियो विवादमा आफ्नो कुनै संलग्नता नरहेको बताइन् । यो घटनाबाट उनी निकै विचलित भएकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖