• Thursday 8th of October 2026

विश्वकपमा २०९० चौका र ५८३ छक्का


  • धनकुटा खबर
  • .

काठमाडौँ । १३औँ आईसीसी एकदिवसीय विश्वकपको प्रारम्भिक चरणको खेल सकिँदासम्म कुल दुई हजार ६ सय ७३ ‘बाउन्ड्री’ प्रहार भइसकेको छ । अधिकांश खेलमा ब्याट्सम्यानहरुले उल्लेख्य सङ्ख्यामा छक्का र चौका प्रहार गरेपछि यो विश्वकपको प्रारम्भिक चरणमा रन पनि गतिलै बनेको छ ।

प्रारम्भिक चरणको ४५ खेल सकिँदासम्म कुल पाँच सय ८३ वटा छक्का प्रहार भएका छन् । यसका अतिरिक्त दुई हजार ९० वटा चौका पनि प्रहार भएका छन् । प्रारम्भिक चरणको खेल सकिँदासम्म भारतका कप्तान रोहित शर्मा सर्वाधिक चौका प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् ।

रोहितले नौ पालीमा ५८ वटा चौका प्रहार गरेका छन् । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले ५७ वटा चौका हिर्काएका छन् । भारतका अनुभवी ब्याट्सम्यान विराट कोहलीले ५५ र न्युजिल्यान्डका युवा ब्याट्सम्यान रचिन रविन्द्रले ५२ वटा चौका हिर्काएका छन् । न्युजिल्यान्डका डेभोन कनवेले पनि ५१ वटा चौका प्रहार गरिसकेका छन् ।

यसैगरी सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यानको सूचिमा पनि भारतका कप्तान रोहित शर्मा पहिलो स्थानमा छन् । उनले नौ पालीमा २४ वटा छक्का हिर्काएका छन् । अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले २२ र दक्षिण अफ्रिकाका क्विन्टन डी ककले २१ छक्का प्रहार गरेका छन् । अस्ट्रेलियाका डेभिड वार्नर र मिचेल मार्सले पनि २०—२० वटा चौका प्रहार गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖