• Friday 9th of October 2026

श्रीमतीलाई कपाल काटेर आउछु भनेका उर्लाबारीका ढुङगेल कानेपोखरीको जंगलमा मृत फेला परे


  • धनकुटा खबर
  • .

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका-६ सिमाना वस्तीका २३ बर्षे धिरेन्द्र ढुङगेल कानेपोखरीको जंगलमा मृत फेला परेका छन् ।

सोमबार दिउसो २ बजे घरबाट श्रीमती सगै उर्लाबारी बजार गएका ढुङगेल बाजरमा सामान किनमेल गरेर श्रीमतीलाई घर जाउ म कपाल काटेर आउछु भनेर श्रीमतिलाई घर पठाएका ढुङगेल मोरङको कानेपोखरी गाउपालिका वडा नम्वर-७ मा पर्ने जंगलमा मंगलबार विहान मृत फेला परेका हुन ।

ढुङगेलले श्रीमतीलाई दिउसो करिव २ः३० बजेतिर कपाल काटि सके भनेर फोन गरेपछि उनि सम्पर्कमा नआएको परिवारले बताएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

कपाल काटी सके भनेर श्रीमतीलाई फोन गरेका ढुङगेल साझ सम्म पनि सम्पर्कमा नआएपछि उनका आफन्तले खोजीका लागि ईलाका प्रहरी कार्यालय उर्लाबारी र विभिन्न सामाजिक संजालमा सुचना दिएका थिए ।

ईलाका प्रहरी र सामाजिक संजालमा उनि हराएको सुचना सार्वजनिक भए सगै उनको खोजीकार्यमा आफन्त, स्थानिय र प्रहरी लागि परेको थियो ।
प्रहरीले उनको खोज गर्ने क्रममा मोबाईल फोन टे्रसिङ गर्दा फोनको लोकेसन पथरीको जिरीखिम्ती र कानेपोखरी आसपास देखीएकाले राति नै देखी आफन्त, प्रहरी र स्थानियको टोलीले जंगलमा खोजी गरीरहेको थियो ।

खोज गर्ने क्रममा उनको शव मंलबार विहान ९ बजेतिर कानेपोखरी-७ को लेटाङ मोड नजिकै झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक शुशिल पाण्डेले बताए ।
घटनाको स्थलगत अनुसन्धानमा खटिएका प्रहरी निरिक्षक पाण्डेले घटना स्थलमा कुनै पनि प्रकारको संकास्पद गतिविधी नभएको र मृतक ढुङगेलको शरिरमा समेत निलडाल नभएका कारण उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान रहेको बताए ।

ढुङगेलले आफैले लगाएको उइनचिटर ज्याकेटको पासो लगाएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटनास्थलबाट प्रहरीले उनले प्रयोग गर्ने गरेको एक थान मोवाईल, नगद १६ हजार रुपैया समेत फेला पारेको जनाएको छ ।

ढुङगेलले गत असोज २३ गते प्रेम सम्वधमा रहेकी आफ्नी प्रेमिकालाई विवाह गरेका थिए । विवाह गरेको १ महिनामै ढुङगेलले मृत्यु वरण गरेका छन् ।

उर्लाबारी खानेपानीमा केही समय जागिर खाएका ढुङगेल बैदेशिक रोजगारीको शिलशिलामा जापान जाने तयारीमा थिए ।

जापानको तयारी अन्तीमचरणमा पुगेपछि उनले खानेपानीको जागिर छोडेर घरमै बस्दै आएको उर्लाबारी खानेपानीका अध्यक्ष एवम वडा नम्वर-६ का वडाध्यक्ष चिन्तामणी पौडेलले बताए ।

उनको जापानको उडान कातिक २ गते तय भएको थियो । तिहार मनाएर जापान जाने तयारीमा रहेका ढुङगेलले विचैमा देहत्याग गरेका छन् ।
उनको शव पोष्टमार्टमका लागि उर्लाबारी-३ मा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा राखिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖