• Wednesday 7th of October 2026

भारत र न्युजिल्याण्डबिचको सेमिफाइनल अघि वानखेडेको पिचबारे विवाद


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारत र न्युजिल्याण्डबिच बुधबार मुम्बईको वानखेडे स्टेडियममा एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल म्याच हुँदैछ । यसैबिच पिच छनोटको बारेमा विवाद सिर्जना भएको छ ।

सेमिफाइनलका लागि यसअघि छनोट गरिएको पिचमा नभइ अर्कै पिचमा आजको म्याच खेलाउन लागिएको दाबी गरिएको छ । यसो गर्नुको मुख्य उद्देश्य भनेको भारतीय स्पिनरलाई मद्दत मिलोस् भन्ने नै रहेको बेलायती मिडिया ‘डेलीमेल’ले दाबी गरेको छ ।

डेलीमेलका अनुसार आइसीसीका पिच कन्सलट्यान्ट एन्डी एटकिन्सनले भारत–न्युजिल्याण्ड म्याचका लागि चयन गरेको पिचमा जारी विश्वकप प्रतियोगिता अन्तर्गत कुनै म्याच खेलाइएको थिएन । तर आज उक्त पिच छाडेर यसअघि दुई म्याच खेलाइएको पिचमै भारत र न्युजिल्याण्डबिच प्रतिस्पर्धा गराउन लागिएको दाबी गरिएको छ ।

पूर्व निर्धारित पिचलाई छाडेर अर्को पिचमा सेमिफाइनल म्याच खेलाउन लागिएकोबारे आइसीसीका अधिकारीहरुलाई ह्वाट्सएपमार्फत जानकारी गराइएको बताइएको छ । म्यासेजमा भनिए अनुसार यसअघि पिच नम्बर ७ मा खेलाउने भनिए पनि केही समस्या भएका कारण अब पिच नम्बर ६ मा म्याच खेलाउने तय भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖