• Wednesday 7th of October 2026

विराट काेहलीले ताेडे सचिनकाे रेकर्ड, एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडी बने


  • धनकुटा खबर
  • .

काठमाण्डाै – भारतीय क्रिकेटर विराट काेहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरकाे नाममा रहेकाे सर्वाधिक शतककाे रेकर्ड ताेडेका छन् ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनलअन्तर्गत न्युजिल्यान्डसँगकाे खेलमा शतक बनाउँदै काेहलीले सचिनकाे सर्वाधिक ४९ शतककाे रेकर्ड ताेडेका हुन् । याेसँगै काेहली एकदिवसीय क्रिकेटमा ५० शतक बनाउने पहिलाे खेलाडी बनेका छन् । तेन्दुलकरले ४ सय ५२ इनिङ्समा ४९ औँ शतक पूरा गरेका थिए । काेहलीलै मात्र २ सय ७९ इनिङ्समा ५० औँ शतक बनाए ।

क्रिकेटकाे ३ वटै फर्म्याट (टेस्ट, एकदिवसीय र टी–२०) मा गरेर सय शतक बनाउने रेकर्ड भने सचिनकाे नाममा छ । उनले टेस्टमा ५१ र एकदिवसीयमा ४९ शतकसहित याे उपलब्धि हासिल गरेका हुन् ।

सर्वाधिक शतककाे दाेस्राे नम्बरमा रहेका काेहलीले टेस्टमा २९, एकदिवसीयमा ५० र टी–२० मा १ गरेर शतक सङ्ख्या ८० पुर्‍याएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖