• Friday 9th of October 2026

झडपमा छुरा प्रहार


  • धनकुटा खबर
  • .

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाकाे वडा वडा नम्बर १३ मुर्ली नयाँ टाेलमा बुधबार दिउसाे छुरा प्रहारबाट एक जना घाइते भएका छन् । घरेलु हतियार (मासु काट्ने दाब) प्रहारबाट सोही ठाउँ निवासी २१ बर्षिय कलामुद्दिन हवारी घाइते हुन् ।

घाइते कलाउद्दीकाे उपचार वीरगञ्जस्थित नारायणी अस्पतालमा भइरहेकाे छ । छुरा प्रहारले कलाउद्दीनकाे टाउकाे, बाँया काेखा, पिडिउँ र शरिरकाे विभिन्न भागमा घाउ भएकाे छ ।

स्थानिय ३६ बर्षिय आलम अन्सारी, ४० बर्षिय समसुदिन अन्सारी र १८ बर्षिय जले आलमले आफ्नाे भाई कलामुद्दिनलाई घरेलु हतियार (चक्कु) प्रहार गरि घाइते बनाएकाे पिडितका दाई जैनुदिन हवारीले वताए ।

उनले जले आलम र १६ बर्षिय जावेद आलम समेतका बच्चाहरू आफ्नाे घर अगाडीकाे ईदगाहा नजिक बसी बुधबार नसालु पदार्थ सेवन गर्दै गरेकोमा मैले जले आलमलाई यहाँ नसालु पदार्थ सेवन गरेको देखेर मेरो बालबच्चाले समेत तिमिहरुले खाएको देखी सिक्छन् त्यही भएर यहाँ नगर भन्दा जले आलमसहित तीनै जना एक जुट भई घरेलु हतियार चक्कु, दाव लिई मेरो घरमा आई मेराे भाईमाथि प्रहार गरि घाइते बनाएकाे वताए ।

उनले घरमा पुगेका तीनै जनाले बिरामी बुवालाई कुटपिट समेत गरेकाे वताए । उनले बुवालाई कुटपिट गर्ने र भाईलाई छुरा प्रहार गरि घाइते बनाउने माथि कारवाहीकाे माग गर्दै प्रहरीमा उजरी समेत दिएकाे वताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖