• Monday 5th of October 2026

बालकलाई थप्पड हानेको भिडिओबारे यसो भन्छन् नाना पाटेकर


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता नाना पाटेकरको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

सार्वजनिक भिडिओमा एक बालक नानासँग सेल्फी लिन आउँछन् तर बालकलाई उनले थप्पड हानेको देख्न सकिन्छ।

आफ्नो भिडिओ भाइरल भएपछि उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्।

‘सामाजिक सञ्जालमा एक भिडिओ भाइरल भइरहेको छ। जहाँ मैले एक बालकलाई थप्पड हानेको छु। तर यो घटना हाम्रो फिल्मको रिहर्सल गर्दाको हो। पछाडिबाट एक व्यक्ति आएर मलाई भन्छन्- ए बुडो टोपी बेच्ने हो? मेलै टोपी लगाएको छु। मेलै उसलाई थप्पड हान्दै ‘सोमत छैन’ भन्छु। त्यसपछि उनी भाग्छन्। मैले एक पटक रिहर्सल गरिसकेको थिएँ। निर्देशकले फेरि गर्न लगाउँछन्। तर, संयोगवश रिहर्सलको क्रममा अर्को बच्चा त्यहाँ आए। मैले उनलाई थप्पड हाने,’ उनले भनेका छन्।

भिडिओमा नाना पाटेकरले उक्त बालकसँग माफी माग्न चाहेको बताएका छन्। यतिबेला नाना फिल्म ‘जर्नी’ को छायांकन व्यस्त छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖