• Tuesday 6th of October 2026

चिनियाँ राष्ट्रपति – चीनले एक इन्च पनि अर्काको भूमी मिचेको छैन


  • धनकुटा खबर
  • .

सान फ्रान्सिसिको। चिनियाँ राष्ट्रपति सी जिनपिङ अहिले अमेरिका भ्रमणमा छन्।उनले बुधबार (नोभेम्बर १५) मा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका थिए। दुई देशबीचको सम्बन्ध तनावपूर्ण अवस्थामा रहेका बेला यी दुई देशका प्रमुखबीच भेटवार्ता भएको हो।

यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार (नोभेम्बर १६) आफ्नो देशले कुनै पनि द्वन्द्व वा युद्ध भड्काएको वा विदेशी भूमिको एक इन्च पनि कब्जा नगरेको दाबी गरेका छन्।

अहिले अमेरिकाको सान फ्रान्सिस्कोमा एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) समूहको बैठक चलिरहेको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनको साईडलाइनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको बहुप्रतिक्षित वार्ताको केही घण्टापछि विदेशी भूमिसँग सम्बन्धित भनाइ दिएका हुन्। साे क्रममा दुवै नेताले एक वर्षमा पहिलो पटक भेटेर तनाव कम गर्ने वाचा गरेका थिए।

सी जिनपिङले जनवादी गणतन्त्र स्थापना भएको ७० वर्ष वा सोभन्दा बढी अवधिमा चीनले कुनै पनि द्वन्द्व वा युद्ध उक्साएको वा कुनै विदेशी भूमि कब्जा नगरेको दाबी गरे। तर, भेटका क्रममा बाइडेनले सिनजियाङ, तिब्बत र हङकङलगायत चीनमा भइरहेको मानवअधिकार उल्लङ्घनप्रति चिन्ता व्यक्त गरेका थिए।

ह्वाइट हाउसको प्रतिवेदनका अनुसार राष्ट्रपति बाइडेनले मानवअधिकारको विश्वव्यापीता र अन्तर्राष्ट्रिय मानवअधिकार प्रतिबद्धताहरूको सम्मान गर्ने सबै देशहरूको दायित्वलाई जोड दिए। उनले सिनजियाङ, तिब्बत र हङकङलगायत पीआरसी मानवअधिकार उल्लङ्घनबारे चिन्ता व्यक्त गरे।

यो बैठक नोभेम्बर ११ देखि १७ सम्म चल्नेछ । यसमा सहभागी हुन धेरै देशका नेता अमेरिका पुगेका छन्। यस बैठकमा चीनको कडा व्यापार निगरानी र द्विपक्षीय तनावको चिन्तालाई ध्यानमा राखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖