• Friday 9th of October 2026

गोठमा बाँधेको खसी चोर्ने गोपाल पक्राउ


  • धनकुटा खबर
  • .

बैतडी: बैतडीमा खसी चोरी गर्न खोज्ने एकजना पक्राउ परेका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका–५ बिनाबस्ती बस्ने देवसिंह साउँदको गोठबाट खसी चोर्न खोज्ने सोही वडाको लेट्ठेकोठ बस्ने २२ वर्षीय गोपाल नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार राति ९ बजेतिर साउँदको गोठबाट खसी चोर्न लागेका नाथलाई स्थानीयहरुको सहयोगमा साउँदले नियन्त्रणमा लिएका र पछि प्रहरीलाई खबर गरेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

पक्राउ परेका नाथलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान गरिने प्रहरी निरीक्षक केसीले बताए। नाथ यसअघि छिमेकीको सुन चोरेको आरोपमा गत साउनमा समेत पक्राउ परेका थिए। उनलाई अदालतले धरौटीमा रिहा गरेको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖