• Friday 9th of October 2026

साइबर क्राइम मुद्दामा बाल सञ्जाल झापाका सचिव थापा पक्राउ


  • धनकुटा खबर
  • .

नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा कमल गाउँपालिका–१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका कानुन विपरितका क्रियाकलाप पोष्ट गरेको भन्ने उजुरीका आधारमा पाँच दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

उनका अनुसार इलाका प्रहरी कार्यालय झिलझिलेमा साइबर क्राइमसम्बन्धी मुद्दा परेका थापा जिल्ला बाल सञ्जालका सचिव तथा कमल बाल क्लबका अध्यक्ष हुन् ।

साइबर क्राइमको आरोपमा कात्तिक २६ गते उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖