• Friday 9th of October 2026

सशस्त्र प्रहरीका असईले अस्पतालबाटै ल्यापटप चोरेपछि…


  • धनकुटा खबर
  • .

कैलाली । कैलालीमा अस्पतालबाटै ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा असई रमेश भण्डारी पक्राउ परेका हुन् ।

दार्चुलाको ४३ नम्बर गणमा कार्यरत भण्डारीलाई तालिमका लागि पोखरा पठाइएको थियो । तिहारको बिदामा उनी धनगढी पुगेका थिए । अस्पतालको सिसिटिभी फुटेजका अनुसार कात्तिक २६ गते राति ११ बजेर ४८ मिनेटको समयमा भण्डारीले ल्यापटप चोरीको गरेको देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । महत्वपूर्ण विवरण राखिएको ल्यापटप चोरी भएपछि अस्पतालले प्रहरी कार्यालयमा उजुरी दिएको थियो।

उक्त सिसिटिभी फुटेजको आधारमा चोरी गर्ने व्यक्ति सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक भएको खुलेपछि जिल्ला प्रहरी कार्यालयले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेको थियो ।

सोही अनुसार सशस्त्र प्रहरी बलले नै असई भण्डारीलाई नियन्त्रणमा लिएर बिहीबार कैलाली प्रहरीलाई बुझाएको थियो । भण्डारीमाथि चोरी मुद्दा दर्ता भएको छ। सात दिन म्याद थप गरेर भण्डारीमाथि थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖