काठमाण्डौ । चीनले नेपालको नयाँ चुच्चे नक्सा स्वीकार नगरेको भन्दै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले चीन भ्रमण रद्द गरेका छन् । कतिपयले उनले भ्रमण रद्द गरेर बदला लिएको हुनसक्ने टिप्पणी गरिरहेका छन् । पछिल्लो समय बालेन शाहले राष्ट्रियताको विषयमा चटाने अडान लिदै आएका छन् ।
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतको क्षेत्रमा देखाएर नक्सा प्रकाशन गरेको भन्दै मेयर शाहले असन्तुष्टि जनाएका छन्। नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनुलाई हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदमका रूपमा लिएको मेयर बालेन्द्र शाहको भनाइ छ ।
चीनको कदमको विरोधमा आज बिहीवारदेखि हुने भनिएको पाँच दिने चीन भ्रमणमा नैतिकताको आधारमा नजाने निर्णय गरेको उनले उल्लेख गरेका छन् । नेपालले २०७७ साल जेठ ७ गते लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो ।
