• Friday 9th of October 2026

मंसिर ४ र ५ गते सार्वजनिक बिदा !


  • धनकुटा खबर
  • .

बैतडी: बैतडीको शिवनाथ गाउँपालिका क्षेत्रभित्र यही मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकास्थित प्रसिद्ध शिवनाथ धाममा लाग्ने मेलालाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए।

अध्यक्षस्तरको निर्णय गर्दै गाउँपालिकाले मंसिर ४ र ५ गते शिवनाथ गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकायहरुमा सार्वजनिक बिदा दिइएको हो।

जिल्लाको प्रसिद्ध धामको रुपमा रहेको शिवनाथ मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका ठूलो जात्रा लाग्ने गर्दछ। जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहन्छ।

स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गर्दै पालिकाले जात्राको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले बताए। यसअघिका बर्षहरुमा पनि गाउँपालिकाले शिवनाथ जात्राको अवसरमा सार्वजनिक बिदा दिँदै आएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖