• Friday 9th of October 2026

घरबाट माइत जान्छु भन्दै हिँडेकी २४ वर्षीया सुनिता २० दिनदेखि बेपत्ता


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीकी एक महिला विगत २० दिनदेखि बेपत्ता छिन् । जिल्लाको पाटन नगरपालिका-६ कर्णेलीकी २४ वर्षीया सुनिता विक बेपत्ता भएकी हुन् ।

घरबाट माइत जान्छु भन्दै हिँडेकी सुनिता सोही दिनदेखि सम्पर्कविहीन रहेको उनका श्रीमान् तारा विकले बताए । बेपत्ता भएकै दिनदेखि ती महिलाको खोजी कार्य गर्दा पनि नभेटिएकी उनले बताए ।

परिवारले बेपत्ता सुनिताको खोजी कार्यका लागि प्रहरीलाई समेत आग्रह गरेको छ ।

बेपत्ता सुनिता विकका १० वर्षीय छोरा, ८ वर्षीया छोरी र ६ वर्षीय छोरा छन् । श्रीमान् तारा विक भारतमा रोजगारी गर्दै आएका छन् । तारा केही दिन अघि मात्रै दसैँ तिहार मनाउन घर फर्केका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖