• Sunday 4th of October 2026

धनकुटामा गाइजात्राको रौनक यस्तो देखियो(भिडियो)


  • धनकुटा खबर
  • .

धनकुटा । धनकुटामा यो बर्ष २२ परिवारले गाइजात्रा निकालेका छन । यो बर्ष मृत्यु भएका ब्याक्तिको परिबारलेगाई जात्रा निकालेका हुन् । जाइजात्रामा सहभागी हुन तथा गाइजात्रा हेर्न धनकुटा बजारमा हजारौ सहभागी भएका छन् ।

गाईजात्रामा लाखे नाच, लाठी नाच लगायत प्रर्दशन गरिएको छ । हरेक वर्ष भाद्र कृष्णपक्षमा मनाइने गाईजात्रा पर्व बिहीबार धनकुटा पनि मनाइएको हो ।

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने चलन नेवारी समुदायमा रहि आएको छ । उनीहरुलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहेको छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरु गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।

धनकुटाको श्रीवानीमा भेला भइ सुरु भएको गाइजात्रा मदनचोक, चुवाको बोट, भीम नारायण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे हुँदै टुँडिखेलमा आएर समापन भएको थियो ।

राजा प्रताप मल्लले पुत्रशोकले भाव विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई मृत्यु भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउन आदेश दिएपछि गाइजात्राको चलन सुरु भएको मानिन्छ ।

गाइजात्राले मात्रै रानीको मन शान्त नभएपछि विभिन्न प्रकारका प्रहसन तथा व्यंगात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरुप जात्राको प्रचलन चलेको विश्वास गरिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖