विराटनगर । इलामको रोङ गाउँपालिका वडा नं ३, कोल्बुङमा सडकबाट ना६ख ८४२४ नम्बरको बस खस्दा उछिट्एिर रुखमा अड्किएका बालकको मृत्यु भएको छ ।
मेची राजमार्गअन्तर्गत कोल्बुङ खण्डमा बस सडकबाट ३०० मिटर तल खसेको थियो । दुर्घटनामा रुखमा अड्किएका बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिकाका १२ वर्षीय अर्पण लामा छन् । उनको मृत्यु भएको घटनस्थलमा उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश जबेगुले पुष्टि गरे ।
जबेगुको नेतृत्वमा प्रहरी टोली उद्धारमा गएको थियो । मृतक लामाको शव झापास्थित बीएन्डसी अस्पताल पठाइएको छ ।
दुर्घटनामा ३६ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी एसपी ऋषिराम कँडेलले जानकारी दिए ।
धनुषाधाम नगरपालिकाबाट भ्रमणमा आएको बस पर्यटकीय क्षेत्र कन्याम घुमेर फर्कँदै थियो ।
