• Friday 9th of October 2026

बाघको आक्रमणबाट एक महिलाको मृत्यु


  • धनकुटा खबर
  • .

बर्दियामा बाघको आक्रमणबाट आइतबार दिउँसो एक महिलाको मृत्यु भएको छ।

राजापुर नगरपालिका-१० की २५ वर्षीया ममता सुनारको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले जानकारी दिए।

एसपी शाहीका दिउँसो साढे १२ बजे तिर सुकुम्बासी बस्ती नजिकैको जंगलमा घाँस दाउरा लिन गएकी सुनारलाई बाघले आक्रमण गरेको थियो।
बाघले आक्रमण गरेको सूचना पाएलगत्तै उनको खोजीमा प्रहरी टोली गएको थियो। गम्भीर अवस्थामा फेला परेकी सुनारको उद्धार गरी जिल्ला अस्पताल पुर्‍याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी तुलसीराम अर्यालले बताए।

त्यस्तै सँगै घाँस दाउरा गएकामध्ये स्थानीय २० वर्षीया कालिका बिक र ३६ वर्षीया निमा बिक बाघले आक्रमण गर्दै गरेको देखेर अचेत भएका थिए। उनीहरूको जिल्ला अस्पतालमा उपचारपछि घर फर्किसकेको डिएसपी अर्यालले जानकारी दिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖