• Thursday 8th of October 2026

अष्ट्रेलियाले कटायो १५० रन, दबाबमा भारत


  • धनकुटा खबर
  • .

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले १५० रन पुरा गरेको छ ।

उपाधि जित्न भारतले दिएको २४१ रनको लक्ष्य पछ्याइरहेको अष्ट्रेलियाले ३० ओभरमा ३ विकेट गुमाउँदै १६७ रन जोडेको हो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नर ७ रनमै आउट भए भने मिचेल मार्स पनि १५ रनमै आउट भए । यस्तै स्टेभिन स्मिथ पनि ४ रनमै आउट हुँदा ट्राभिस हेडले अष्ट्रेलियालाई उकासेका छन् ।

उनले यो समाचार तयार पार्दासम्म नटआउट ८६ रन बनाएर खेलिरहेका छन् भने मार्नस लाबुसेन ३७ रन बनाएर खेलिरहेका छन् ।

अष्ट्रेलियाली ब्या६्सम्यान क्रिजमा जमिरहँदा घरेलु टोली भारत दबाबमा परेको छ। त्यसअघि खेलको पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रनको बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖