• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

भूकम्प प्रभावित क्षेत्रमा १ हजार घर बनाउन कांग्रेसले पठायो टोली


  • धनकुटा खबर
  • .

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावितका एक हजार घर बनाउन दक्ष जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार विहान बसेको बैठकले एक हजार घर बनाउन दक्ष जनशक्तिको टोली परिचालन गर्ने निर्णय गरेको हो ।

प्रभावित क्षेत्रमा भिडभाड नहुने गरी दक्ष जनशक्ति सहितको टोली पठाउने महामन्त्री गगन थापाले जानकारी दिए । त्यसका लागि केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा पहिलो टोली सोमबार नै भूकम्प प्रभावित क्षेत्रमा गएको छ ।

पदाधिकारी बैठकको सुरुमा उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले भूकम्प प्रभावितका लागि सरकारले हालसम्म गरेका कार्यको ब्रिफिङ गरेका थिए । महामन्त्रीको संयोजकत्वमा बनेको समितिले गरेका कामको महामन्त्री थापाले जानकारी गराएका थिए ।

सरकारले अनुदान रकम दिएपनि अस्थायी टहरा बनाउन जनशक्तिको अभाव हुन सक्ने भएकाले यस विषयमा छलफल गरेको महामन्त्री थापाले जानकारी दिए ।

‘जोखिममा रहेको परिवार, बिरामी रहेका, एकल महिला भएको परिवार, वृद्धवृद्धा रहेका परिवारले पैसा पाएपनि अस्थायी आवास बनाउन जनशक्ति पाउने अवस्था रहँदैन’, महामन्त्री थापाले भने, ‘स्थानीय सरकारसँग समन्वय गरेर त्यस्ता परिवार पहिचान गरी घर बनाउन स्वयंसेवक परिचालन गर्ने निर्णय गरेका छौं ।’भूकम्प व्यवस्थापन सहजीकरण समितिको बैठक मंगलबार बसेर थप निर्णय गरिने महामन्त्री थापाले जानकारी दिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖