• Friday 9th of October 2026

भोलि सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीको पाटन नगरपालिका क्षेत्रभित्र भोलि सार्वजनिक बिदा दिइएको छ । पाटन नगरपालिका–२ स्थित प्रसिद्ध महारुद्र धाममा जात्रा लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
बिज्ञापन

महारुद्र धाममा लाग्ने जात्रामा स्थानीय दर्शनार्थीहरुको सहभागितालाई मध्यनजर गरेर पाटन नगर क्षेत्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था, वडा कार्यालय लगायतमा सार्वजनिक बिदा दिइएको हो ।

नगर प्रमुखस्तरीय निर्णय अनुसार भोलि नगरपालिका क्षेत्रका सबै सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा रहेको नगरपालिकाकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

महारुद्र धाममा लाग्ने जात्राको अवसरमा नगरपालिकाले हरेक बर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।

महारुद्र धाममा हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन ठूलो जात्रा लाग्ने गरेको छ । सो जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने गरेको मन्दिरका पूजारी शिवदत्त अवस्थीले बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖