• Monday 5th of October 2026

कतै तपाईको नियमित चाउचाउ खाने बानी त छैन ? सावधान ! यस्तो समस्या झेल्नु पर्ला


  • धनकुटा खबर
  • .

सस्तो अनि सजिलै भोक मार्न चाउचाउ सबैभन्दा चर्चित खानेकुरा हो। काँचै वा सुप बनाएर खान सकिने चाउचाउ स्वास्थ्यको लागि फाइदाजनक छैन।

भन्ने सबैलाई थाहा छ। साच्चै कति हानिकारक छ पढ्नुस्ः

खोज : मासाच्युसेट्स जनरल हस्पिटलका ग्यास्ट्रोएन्टेरोलोजिस्ट डाक्टर ब्राडेन कुओको खोज अनुसार घरमै बनाइएको चाउचाउ शरिरले १-२ घण्टामा नै पचाउँछ जबकी बजारको चाउचाउ घण्टौँसम्म पेटमै रहन्छ, शरीरले सहजै पचाउन सक्दैन। चाउचाउ सुरक्षित राख्न यसमा राखिने प्रिजरभेटिभ केमिकलको कारण पेटलाई यो पचाउन गाह्रो हुने हो।

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (FDA)को अनुसार यदि चाउचाउ नियमित खाँदा ट्युमर वा क्यान्सरको सम्भावना बढ्छ। चाउचाउमा हुने Tertiary-butyl hydroquinone (TBHQ) नामक प्रिजरभेटिभ (सुरक्षित राख्न प्रयोग गरिने केमिकल) पर्यफ्युममा प्रयोग गरिने केमिकल हो। यसले भित्री अंगहरुलाई कमजोर बनाउँछ। TBHQ बाहेक चाउचाउमा प्रोपाइलिन ग्लाइकोल प्रयोग गरिन्छ। यो सूर्तिजन्य पदार्थमा प्रयोग गरिने केमिकल हो।

साथै चाउचाउमा अन्य सेन्थटिक केमिकल जस्तै कर्न सिरप, पाल्म र मोनोसिडियम ग्लुटामेट (MSG) हुन्छ। अर्थात चाउचाउ खानु हानीकारक रसायन सेवन गरे सरह हो। बरु घरमै आफैले बनाएर खान सकिन्छ तर प्याकेटमा आएको चाउचाउबाट परै रहनु नै आफ्नो स्वास्थ्य बचाउनु हो।

कुन चाउचाउ खाने कुन नखाने ?

अखाद्य सामाग्री मिश्रित म्यागी चाउचाउलाई भारतका विभिन्न राज्यहरुमा प्रतिबन्ध लगाईएको समाचार सार्वजनिक भएपछि नेपालमा पनि उक्त ब्राण्डको चाउचाउको गुणस्तरको बारेमा आशंका गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले म्यागी नुडल्सको आयात तथा बिक्रीमा प्रतिबन्ध लगायो ।

म्यागी चाउचाउमा अखाद्य सामाग्री मिसाईएको भारतमा भएको अनुसन्धान तथा प्रतिबन्ध र नेपालमा गरिएको प्रतिबन्धले पुष्टि गरिसकेको छ । फलस्वरुप उक्त कम्पनीले बजारबाट म्यागी चाउचाउ सम्पूर्णरुपमा फिर्ता लिने निर्णय गरिसकेको छ । यसैगरि वाइवाइ चाउचाउसहितका अन्य ब्राण्डका चाउचाउमा पनि उल्लेखनीय मात्रामा अखाद्य सामाग्री भेटिएको हुँदा भारतका केहि प्रान्तमा ती ब्राण्डका चाउचाउको बिक्री बितरणमा पनि बन्देज लागेको छ ।

विभिन्न चाउचाउ भारतमा र नेपालमा प्रतिबन्ध भईरहेको समयमा कुन चाउचाउ गुणस्तरीय र खान योग्य छ भनेर उपभोक्ताहरु असमन्जस्यमा परेका छन् । नेपाल दक्षिण एशियाली मुलुकहरुमा चाउचाउ उत्पादन र खपतको हिसाबले अग्रपंक्तिमा आउँछ । नेपालमा हाल विभिन्न ब्राण्डका चाउचाउहरु उपलब्ध छन् ।

रेडी टू इट’ देखि पकाएर खाने ह्वाइट नुडल्ससम्म नेपाली बजारमा उपलब्ध छन् । नेपालमा उपलब्ध भएका मध्ये अधिकांश चाउचाउ स्वदेशी उत्पादन नै हुन् । नेपालमा चाउचाउलाई खाजा वा खाना दुबैको रुपमा प्रयोग गर्ने उपभोक्ताको संख्या पनि निकै छ । विशेषगरी नेपालमा बालबालिकाहरुले चाउचाउ निकै मनपराउने गरेका छन् ।

नेपालभित्र मात्र होइन नेपाल बाहिर पनि नेपाली चाउचाउको माग बढिरहेको छ । व्यापार निकासी तथा प्रबद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७०/७१ को पहिलो आठ महिनामा मात्रै ६० करोड रुपैंया बराबरको चाउचाउ विभिन्न मुलुकहरुमा निर्यात भएको छ । नेपाल तयारी चाउचाउ उत्पादनमा आत्मनिर्भर बनिसकेको छ । नेपालमा अहिले सातवटा उद्योगले तयारी चाउचाउ उत्पादन गर्दछन् जसमा ५ अर्ब रुपैंया भन्दा बढि लगानी रहेको छ भने दर्जनौं ब्राण्डहरु बजारमा छन् ।

नेपालमा उपलब्ध भएका मध्ये वाइवाइ, मायोज, रमपम, रारा, मिहोलगायतका केहि ब्राण्ड निकै चलेका चाउचाउ ब्राण्ड हुन् । म्यागीलाई भारतमा र नेपालमा तथा वाइवाइलाई भारतमा प्रतिबन्ध लगाएपछि नेपालमा चलेका अन्य ब्राण्डका चाउचाउको विषयमा पनि चर्चा र आशंका शुरु भएको छ । नेपाली ब्राण्ड वाइवाइ भारतका केहि प्रान्तमा प्रतिबन्ध भईसकेको छ।

भने त्यसमा अनुसन्धान पनि शुरु भईसकेको छ । उक्त चाउचाउमा अजिनामोटो लगायतका अखाद्य पदार्थ मिसाएको भन्दै प्रतिबन्ध लागेको हो । जसले गर्दा अब के सबै नेपाली चाउचाउ गुणस्तरहिन छन् त भन्ने प्रश्न उब्जिएको छ ।केहि कम्पनीहरुको गलत कार्यले गर्दा नेपालमा अजिनामोटो नराखिएका अन्य चाउचाउका ब्राण्डलाई पनि असर पार्ने देखिन्छ ।

कुनै ब्राण्डको चाउचाउ नराम्रो भयो भन्दैमा सबै चाउचाउलाई एकै दृष्टिकोणबाट हेर्न नहुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक अधिकारीले बताए । उनका अनुसार नेपालमा गुणस्तरीय उत्पादन गर्ने चाउचाउ ब्राण्डहरु पनि छन् । त्यसैले चाउचाउलाई नै प्रतिबन्ध लगाउने होइन की त्यसको गुणस्तरको विकासमा ध्यानदिनुपर्ने उनको तर्क छ । विभागकाअनुसार नेपाली ब्राण्डका चाउचाउहरुको नियमितरुपमा परिक्षण पनि हुने गरेको छ । त्यस्तै केहि चाउचाउ उत्पादकहरुले अजिनामोटो (एमएसजी) नमिसाएको भनेर उपभोक्तालाई जानकारी दिने गरेका छन् ।

उदाहरणको लागि नेपालको चर्चित एक चाउचाउ ब्राण्डले चाउचाउको बाहिर खोलमा नै “नो एडेड एमएसजी” अर्थात अजिनामोटो नमिसाएको भनेर उल्लेख गरेको पाईन्छ । नेपालमा केहि अन्य ब्राण्डले पनि अजिनामोटो नमिसाईकन चाउचाउ उत्पादन गरिरहेका छन् । यस्ता अजिनामोटोरहित चाउचाउ स्वास्थ्यको दृष्टिकोणबाट उपभोग गर्न सकिने खाद्य प्राविधिकहरुको भनाई छ ।

नेपालमा उत्पादन भएका सबैजसो चाउचाउ ब्राण्डले नेपाली उपभोक्तालाई नै ध्यानमा राखी उच्च गुणस्तरीय प्रविधिबाट स्वस्थकर र स्वादिष्टरुपमा उत्पादन गरिएको दाबी गर्ने गरेका छन् । केहि नेपाली ब्राण्डले नेपाल गुणस्तरका साथै अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण चिन्ह पनि पाएका छन् ।

नेपालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोकेको मापदण्डको आधारमा मात्र उत्पादन हुने चाउचाउ हरेक व्यक्तिले आफ्नो रुचिअनुसार उपभोग गर्न सक्दछन् ।उपभोक्तावादिहरुले पनि नेपाली ब्राण्डका चाउचाउको गुणस्तरमा भन्दापनि सरकारी खाद्य प्रयोगशालाको क्षमताको बारेमा प्रश्न गर्ने गरेका छन् ।

अब उपभोक्तालाई विश्वास दिलाउन कम्पनीले आफैंले गुणस्तरीय उत्पादन हो भनेर प्रमाण दिनुपर्ने र उपभोक्ताहरु पनि अखाद्य वस्तु मिसाएको चाउचाउको बारेमा सजग हुनुपर्ने उपभोक्तावादिहरुको भनाई छ ।

उपभोक्ता नै बजारको राजा हो भन्ने विषयलाई ध्यानमा दिएर आफ्ना उत्पादनहरु बजारमा ल्याउने हो भने समस्या नै नहुने अवस्था आउँछ । यदि नेपाली चाउचाउ गुणस्तरीय नहुँदो हो त खाद्य उत्पादन र उपभोगमा निकै कडा कानुन भएका मुलुकहरु जापान, अमेरिका, कतार, बेलायत, अष्ट्रेलिया जस्ता मुलुकमा नेपाली चाउचाउ निर्यात हुन सक्दैन थियो होला । उपभोक्ताहरु पनि आफैं सजगहुँदै अजिनामोटो र अखाद्य सामाग्री नमिसाएका चाउचाउ मात्रै प्रयोग गर्नुपर्ने भएको छ।

के हो मोनोसोडियम ग्लुटामेट (एमएसजी) ?

मोनोसोडियम ग्लूटामेट एशियन क्षेत्रका विशेषगरी चीन, जापानमा खानाहरुमा स्वाद बढाउनका लागि प्रयोग गरिन्छ । यसमा सोडियम नामक तत्व पाइन्छ र नुनमा पाइने मात्राभन्दा १/३ मात्रा यसमा पाइन्छ । यसमा हुने ग्लूटामिक एसिड ग्लूटामेट एमिनो एसिड हो जुन टमाटर, च्याउ, सोयाबिनलगायतका उत्पादनहरुमा प्राकृतिकरुपमा नै रहेको हुन्छ ।

एमएसजीलाई एक्साइटो टक्सिनका रुपमा विशेषज्ञहरुले उल्लेख गरेका छन्, जसले हाम्रो कोषिकाहरुलाई बढि उत्तेजित बनाउँछ, जसका कारणले हाम्रो मस्तिष्कको कोषहरुलाई नष्ट गर्नुका साथै मृत्युसमेत हुने संभावना रहन्छ । विभिन्न अध्ययनहरुमा एमएसजीको मात्रा बढि हुँदा हाडलाई कमजोर बनाउने पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖