• Friday 9th of October 2026

नागदहमा भेटियो पुरूषको शव


  • धनकुटा खबर
  • .

ललितपुरको नागदहमा एक पुरूषको शव फेला फेला परेको छ।

मंगलबार बिहान ११ बजे ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित नागदह पोखरीमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले बताए।

हरिसिद्धीका २७ वर्षीय निरज खड्गीको शव फेला परेको प्रहरीले जनाएको छ। खड्गी मंसिर १ गते‍देखि सम्पर्कबिहीन थिए।
नागदहमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो।

शव पोष्टमर्टम गर्न पाटन अस्पताल लगिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖