• Thursday 8th of October 2026

यू-१९ विश्वकप क्रिकेट श्रीलंकाको सट्टा दक्षिण अफ्रिकामा हुने


  • धनकुटा खबर
  • .

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले यू-१९ विश्वकप क्रिकेट श्रीलंकाको सट्टा दक्षिण अफ्रिकामा गर्ने निर्णय गरेको छ ।

बोर्ड बैठकले सर्वसम्मत रुपमा यो निर्णय गरेको आईसीसीले जनाएको छ ।

श्रीलंकाको क्रिकेट बोर्डमा राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेको छ । त्यसैले जनवरीमा श्रीलंकामा हुने भनिएको विश्वकप दक्षिण अफ्रिका सार्नु परेको हो ।

यू-१९ विश्वकप क्रिकेटमा नेपाल पनि छनोट भएको छ । जनवरी १३ देखि फेब्रुअरी ४ सम्म हुने भनिएको प्रतियोगिता दक्षिण अफ्रिकामा त्यही मिति आसपासमा आयोजना हुने छ ।

दक्षिण अफ्रिकाले यसअघि महिला यू-१९ विश्वकप २०२३ र पुरुष यू-१९ विश्वकप क्रिकेट २०२० आयोजना गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖