• Friday 9th of October 2026

६ महिनापछि सम्पर्कमा आए ढोरपाटनका मेयर देवकुमार नेपाली


  • धनकुटा खबर
  • .

बगलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली सम्पर्कमा आएका छन् । उनी फरार भएको ६ महिनापछि सामाजिक सञ्जाल फेसबुक मार्फत उनी सम्पर्कमा आएका हुन् । नेपाली ५ जेठदेखि फरार थिए ।

उनले आफ्नो व्यक्तिगत फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै बचतकर्ताहरुलाई आफू जिउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्नु परेको बताएका छन् । उनले आफ्नो घरमा केही मानिसहरु हतियार सहित आएर ज्यान मार्ने धम्की दिएको र ६ लाख बचत भएकाले करोडौको घर मागेको भन्दै वेपत्ता हुनुपरेको बताएका छन् ।

संस्थापक अध्यक्षकै हैसियतले वक्तव्य निकालेर जानकारी समेत दिएको भन्दै उनले इमेज सहकारीको समस्या व्यवहारिक रुपमा समाधान गर्ने बताए । उनले भिडियो मार्फत आफ्नो घर जग्गा बिक्रि गरेर बचत फिर्ता गर्ने बातावरण मिलाउन बचतकर्ता तथा सेयर सदस्यहरसंग आग्रह समेत गरेका छन् ।

पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्था चलाएका नेपालीले प्रारम्भिक अनुसन्धानमा २ अर्ब अपचलन गरेको पाइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖