• Monday 5th of October 2026

हिमालय रोडिज सिजन पाँचको उपाधिका लागि सन्जीप राई र विश्व मगर भिड्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । हिमालय रोडिज सिजन-५ को उपाधिका लागि सन्जिप राई र विश्व मगर भिड्ने भएका छन् । सोमबार प्रसारण भएको सेमिफाइनल प्रतिस्पर्धाबाट सन्देश राई र एसु खड्का बाहिरिए ।

रोचक कुरा के छ भने, दुबै फाइनलिस्टले टीम ग्रीन अर्थात आशिष राना ‘लाउरे’को ग्याङको प्रतिनिधित्व गर्छन् । एउटै ग्याङका दुई सदस्य फाइनलमा भिड्न लागेको यो हिमालय रोडिजमा पहिलोपटक हो ।

अनुपविक्रम शाही र दीया मास्केको ग्याङबाट एक-एकजना सदस्य सेमिफाइनलमा भिडेका थिए । तर, प्रियंका कार्कीको ग्याङबाट कुनै एक पनि सेमिफाइनलमा पुग्न सकेनन् ।

सेमिफाइनल स्पर्धामा चारै प्रतिस्पर्धीले कठिन टास्क पुरा गरेका थिए । होस्ट सुरजसिंह ठकुरीले फाइनलिस्टको नाम घोषणा गर्दा टीम ग्रीनको उत्साह थामिएन । अब सन्जिप र विश्वले आउने सोमबार बेलुका ८ बजे प्रसारण हुने सिजन पाँचको फिनालेमा प्रतिस्पर्धा गर्नेछन् ।

साउन १५ गतेदेखि सुरु भएको पाँचौ सिजनमा २० प्रतिस्पर्धी सहभागि थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖