• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् अजेण्डा


  • धनकुटा खबर
  • .

काठमााडौं : एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो।

‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको एमाले केन्द्रीय सदस्य तथा सांसद सूर्य थापाले बताए।

एमालेले मंसिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनको अजेन्डा लिएर लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ सुरू गर्ने भएको छ।एमालेले यो संकल्प यात्रा दार्चुलाको झुलाघाटबाट सुरु गर्ने तयारी गरेको जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖