• Sunday 4th of October 2026

नाङ्गै भएर फिल्म नखेल भनेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । रिपोर्टर्स क्लब नेपालले सदाझैँ यसवर्ष पनि गाईजात्रा विशेष साक्षात्कार कार्यक्रम गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा हाँस्यकलाकारहरु शैलेन्द्र सिम्खडा, श्रीकृष्ण सिम्खडा, जोगिन्दर पानवाला (शिवशंकर रिजाल), हिमेश पन्त, दिनेश काफ्ल लगायतको उपस्थिति रहेको थियो ।

साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका सभापति ऋषि धमलाले देशमा प्रत्येक दिन गाईजात्रा भइरहे पनि संस्कृतिको संरक्षणका लागि कार्यक्रम आयोजना गरिएको बताए । हाँस्यव्याङ्ग्य क्षेत्रमा अहिलेको नयाँ पुस्ता एकदमै सफल रहेको धमलाको भनाई छ ।

क्लबका सभापति धमलाले आगामी दिनमा रिपोर्टर्स क्लब नेपालले गाईजात्रालाई झनै प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे । पञ्चायतकाल र राजाको शासन व्यवस्थामा समेत हाँस्यकालकारले हाँस्यव्याङ्ग्यमार्फत परिवर्तनको पक्षमा आवाज उठाएको र सचेतना फैलाएको पनि उनले स्मरण पनि गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖