• Friday 9th of October 2026

सामुदायिक वनभित्र पुरूष मृत फेला


  • धनकुटा खबर
  • .

कञ्चनपुरमा सामुदायिक वनभित्र एक पुरूष मृत फेला परेका छन्।
कृष्णपुर नगरपालिका–४ समैजी सामुदायिक वनभित्र रहेको सिस्ने खोलामा डुबेको अवस्थामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

नाम थर नखुलेको अन्दाजी ६५ वर्षीय पुरुषको शव बुधवार साँझ प्रहरीले फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार उक्त शवको पहिचान कार्य भइरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖