• Friday 9th of October 2026

घाँटीमा सुन्तलाको केस्रा अड्किएर गुल्मीमा बालकको मृत्‍यु


  • धनकुटा खबर
  • .

सुन्तलाको केस्रा घाँटीमा अड्किएर गुल्मीमा एक बालकको मृत्यु भएको छ।

मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेको छाप राङ्लाका ३ वर्षीय आयुष ठकुरीको सुन्तलाको केस्रा घाँटीमा अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार मालिका छाप राङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला ठकुरी छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएकी थिइन्। बिहीबार दिउँसो घरको छतमा बसेर आमासँगै सुन्तला खाइरहेका आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएको प्रहरीले जनाएको छ।

घाँटीमा सुन्तलाको केस्रा अड्किएपछि श्वास फेर्न गाह्रो भएपछि उनलाई उपचारको लागि गुल्मी अस्पतालमा लगिएकोमा दिउँसो साढे २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖