काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले होटेलको आँगनमा प्रदर्शन गर्न थालेको छन् । सडकमा प्रदर्शन गर्न नपाएपछि प्रसाईंले होटेलको आँगनमा प्रदर्शन गर्न थालेका हुन् ।
प्रसाईंले शुक्रबारदेखि तीनकुनेमा प्रदर्शन गर्ने भनेपनि जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नलिएकाले प्रदर्शन गर्न नदिने बताएको थियो ।
यस्तै भक्तपुरस्थित प्रसाईंको निवासमा नेपाल प्रहरीको स्पेसल टास्क फोर्स परिचालन गरिएको थियो । त्यसको विरोधमा उनका समर्थकले भक्तपुरको सानोठिमी सल्लाघारीको मुख्य सडक अवरोध गरेका थिए ।
अहिले प्रसाईंले सडकमा प्रदर्शन गर्न नपाएपछि होटेलको आँगनमा प्रदर्शन गर्न लागेका हुन् । -सुवास श्रेष्ठ/ratopati
