• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

जीवित श्रीमान्‌को मृत्युदर्ता बनाइ श्रीमतीलाई एकल भत्ता दिएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थली नगरपालिका–३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तो समेत दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी ४५ हजार २२० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । अख्तियारले मुद्दा दर्ता गरेका अन्यमा निर्मला खत्री रहेकी छन् ।

आफू जीवित हुँदै आफ्नो मृत्युदर्ताको प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता खुवाएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा तत्कालीन वडा सचिव महत्तोले निर्मला खत्रीसँगको मिलेमतोमा निर्मलाको जीवित श्रीमान्‌को मृत्यु दर्ता अभिलेख तयार पारेको खुलेको थियो ।महत्तोले सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचयपत्र बनाउन लगाइ ४५ हजार २२० रुपैयाँ नेपाल सरकारलाई हानीनोक्सानी पुर्‍याएको ठहर अख्तियारले गरेको छ । शुक्रबार दायर गरिएको मुद्दामा उनीहरूसँग ४५ हजार २२० रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖