• Monday 5th of October 2026

देख्दा खुशी तर साँच्चै बेखुशी हुने मानिसका यी १२ संकेतहरु


  • धनकुटा खबर
  • .

सायद हामीले जे देख्छौ, त्यो मात्र सत्य हुँदैन। सायद वास्तविकता पहिले तयार पारेर राखिएको हुन्छ। सायद राम्रो देखिनलाई दिएको मुस्कान झुट हो र भित्रभित्रै उ निराशामा एकदमै राम्ररी डुब्दै गईरहेको छ, निराशाले हामीलाई गाभ्दै लगिरहेको छ। सायद हामीहरु सुरुङको उज्यालो अथवा अन्त्य हेरिरहेका हुँदैनौँ, किनभने त्यो सुरुङले उनीहरुलाई बिरामी र थकित बनाएको हुन्छ।

निराशाको रोग (डिप्रेशन) कहिले पनि स्पष्ट रुपमा देखिँदैन। कहिलेकाँही हामीले चिनेको मान्छे सामान्य देखिन्छन्। तर उनीहरुलाई निराशाको समस्या भइरहेको हुन्छ। तर हामी त्यो समस्या पहिचान गर्नबाट चुक्छौँ किनभने यो त्यस्तो मानिसमा देखिन्छ जुन समान्य देखिन्छन्।

निराशाको रोथ कालो वा सेतो हुँदैन, त्यस्तै फरक फरक हुन्छ र अस्पष्ट। झट्ट याद नहुने र धेरैजसो थकित र निराशाजनक देखिने हुन्छ। यहाँ केहि संकेतहरुको बारेमा चर्चा गरिएको छ, जसले हामीले चिनेको केहिलाई निराशाको रोग लागेको थाहा पाउँन मद्दत गर्छ।

१. व्यर्थ महशुस गर्नु

केहि कुरामा पछुताएको जस्तो, व्यर्थै गरेको जस्तो अथवा असहाय जस्तो भावना आउनु मानिसमा निराशाको रोगको सुरुवाती चरण मानिन्छ। परिस्थितीको अनावश्यक मूल्यांकन गर्नु र असहाय अनुभूतिले निराशाको रोग लागेको निष्कर्ष त निकाल्छ तर हामी चिन्न सक्दैनौँ।

२. सुताईको तरिका परिवर्तन

अनिन्द्रा, धेरै चाँडै निन्द्रा खुल्नु अनि धेरै निदाउनु जस्ता क्रियाकलाप पनि याद गर्नुपर्ने लक्षणहरु हुन्। निराशाको रोगले निदाउने तरीकामा धेरै परिवर्तन ल्याउँछ। जसलाई हामीले त्यति ख्यालमा राखेका हुँदैनौ।

३. स्वभाव परिवर्तन

अनैतिक तर्क अथवा कुनै विशेष कारणबिना नै रिस उठ्नु अथवा चिडचिडापन आउँनु, झिँजो लाग्नु निराशाको रोगको संकेत हुन सक्छ।

४. खाना खाने बानीमा परिवर्तन

सामान्य भन्दा अधिक मात्रामा खाना खाने, तौल बढाउने अथवा भाकै बस्ने, तौल घटाउने बानी पनि निराशाको कारण बन्न सक्छ।

५. अनिश्चितता

धेरै व्याकुल हुनु, विवरण स्मरण गर्न समस्या अनि निर्णय लिन पनि समस्या हुनु जस्ता व्यवहारले निराशाको रोगतर्फ इशारा गर्छन्।

६. आत्मविश्वास गुमाउनु

आफूले आफैमाथि गर्ने आत्मविश्वास गुमाउनु र आफ्नो जीवनमा वा वरपर भईरहेको कामकुरामा सन्तुष्ट नहुनु निराशाको रोगको अर्को कारण हो।

७. नकारात्मक अभिव्यक्ति

निराश अनुभूति गर्नु र केहि कुराको बारेमा सधैँ नकारात्मक सोच मात्र आउनु जस्ता व्यवहार निराशाको रोगसँग जोडिएको छ।

८. लगातार चिन्ता

सधैँ दुखी भइरहने, चिन्तित भइरहने र खाली अनुभूति गर्ने र धेरै सानो कुराको लागि एकदमै धेरै सोच्ने जस्ता बानीले निराशाको रोगको गम्भिंर संकेतलाई इंगित गर्छ।

९. थाकेको जस्तो अनुभूति गर्ने

जतिबेला पनि थकान महशुस हुने, कम उर्जा भएको जस्तो लाग्ने, कुनै निश्चित ठाउँमा बसेपछि अन्यत्र जान मन नलाग्ने जस्ता भावनाले निराशाको रोग लागेको इशारा गर्छ।

१०. चासो नलाग्ने

कुनै बेला हामीलाई खुसी र उत्साहि बनाउने क्रियाकलापमा हामी चासो नै नराख्न थाल्यौ भने त्यो निराशाको रोगको गम्भिर संकेत हो।

११. भावनालाई छोप्नु

आफ्नो दुखीपनलाई खुसीले ढाक्न खोज्नु र अनुहारमा मुस्कुराहटको साथमा हरेक स्थितीको सामना गर्नको लागि मेहनत गर्नु भावनालाई लुकाउनु हो, यो निराशाको रोगको संकेत पनि हुन सक्छ।

१२. आत्महत्याको प्रवित्ति

आत्महत्या र आत्महत्याको प्रयास। अथवा जीवनलाई बिट मार्ने सोच र विचार आउँनु निराशाको रोगको सबैभन्दा ठूलो लक्षण हुन सक्छ। जसको लागि हामी आफैलाई हेर्न जरुरी छ। मानिससँग एकदमै सावधानीपूण कुरा गर्नु आवश्यक छ।

हामी यी सबैबाट बाहिर आउँनुपर्छ। कुनै एउटा चिनेको अथवा अपरिचित सबैलाई माया दिनसक्ने हुनुपर्छ। दयालु हुनुपर्छ। मायाको प्रचार गर्नुपर्छ। यो विश्वलाई यो आवश्यक छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖