• Friday 9th of October 2026

झ्याल फोडेर तारकेश्वरमा साढे सात लाख रुपैयाँ बराबरको चोरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको तारकेश्वरको एक घरमा सुनचाँदीसहितको धनमाल चोरी भएको छ ।

तारकेश्वर नगरपालिका-६ पैयुटार बस्ने कुमार श्रेष्ठको घरमा कोही नभएको अवस्थामा झ्यालको सिसा फोडेर सुन तथा चाँदीका विभिन्न गरगहना, ल्यापटप र मोबाइल समेत गरी करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖