• Friday 9th of October 2026

भोलि र पर्सि सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौं— धनकुटा नगरपालिकाले सोमबार र मंगलबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो ।

धनकुटा नगर क्षेत्रमा मात्र बसोवास गर्ने आठपहरिया जातिको प्रमुख चाड भएकाले वडाङ्मेटको अवसरमा ११ र १२ गते सार्वजनिक विदा दिइएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । ‘वडाङ्मेटमा हामीले हरेक वर्ष सार्वजनिक बिदा दिदै आएका छौं,’ मेयर तामाङले भने, ‘यो वर्ष पनि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छौं ।’

बिदामा नगर कार्यपालिकाको कार्यालय, १० वटै वडा कार्यालय, नगरस्तरीय कार्यालय र विद्यालयहरू बन्द हुनेछन् । धनकुटा नगरपालिका क्षेत्रलाई आफ्नो उद्गम स्थल मान्दै आएका आठपहरियाहरुले १५ दिनसम्म धुमधामका साथ वडाङ्मेट पर्व मनाउने गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖