नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनविरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । क्वालालाम्पुरमा भर्खर सम्पन्न टसमा बहराइनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।
नेपाल लगातार दोस्रो जित हात पार्न चाहन्छ । पहिलो खेलमा नेपालल घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गरेको थियो ।
नेपालले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । मलेसियासँगको खेललाई नै निरन्तरता दिएको छ ।
नेपालले गत जनुमा बहराइनलाई ८ विकेटले हराएको थियो । वर्षाको कारण प्रभावित खेलमा बहराइनले ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनाएको थियो । उक्त लक्ष्य नेपालले ३.४ ओभरमै पूरा गरेको थियो ।
नेपालको प्लेइङ ११ ः
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।
