• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

स्याङ्जाका कार्कीसहित रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु


  • धनकुटा खबर
  • .

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ५ का पितम कार्कीसहित रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखाको मेलुङ गाउँपालिका वडा नं. ६ राजकुमार रोका, र इलामको इलाम नगरपालिका वडा नं. ५ का गंगाराज मोक्तान रहेका छन् ।

उनीहरु रुसी सेनामा कार्यरत रहेकै अवस्थामा मृत्यु भएको रुसस्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूतावासका उनीहरुको कार्तिक २९ गते मृत्यु भएको र उनीहरुको मृत्यु प्रमाणपत्रसमेत रुसी सेनाबाट प्राप्त भएको छ ।

उनीहरुको मृत्युको खबर रुसी सेनाको अधिकारीबाट टेलिग्राममार्फत प्राप्त भएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उनीहरुको मृत्युको बारेमा दूतावासले जानकारी पाएपछि नेपाली कन्सुलरलाई पत्राचार गरेको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖