• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

धरानबाट पोखरातर्फ जांदै गरेको बस दुर्घटना,३६ घाइते


  • धनकुटा खबर
  • .

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्।

धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖