• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सुरुङमा फसेका सबै ४१ जना कामदारलाई सकुशल बाहिर निकालियो


  • धनकुटा खबर
  • .

उत्तराखण्ड । भारतको उत्तरकाशी सुरुङमा फसेका ४१ जना मजदुरको सकुशल उद्धार गरिएको छ । उत्तराखण्ड सरकारले यसको पुष्टि गर्दै उद्धार कार्यको १७ औँ दिनमा सबै कामदारलाई सकुशल बाहिर निकालिएको जनाएको छ ।

उनीहरुलाई स्वागत गर्न उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी र केन्द्रीय मन्त्री भीके सिंह उपस्थित थिए । मजदुरहरूलाई फूलको माला लगाएर ताली बजाएर न्यानो स्वागत गरिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको सुरुङमा फसेका ४१ जना मजदुरको सुरक्षित उद्धारलाई भावनात्मक सफलताको संज्ञा दिएका छन् । मोदीले लेखेका छन्- ‘उत्तरकाशीमा हाम्रा मजदुर भाइहरूको उद्धार अभियानको सफलताले सबैलाई भावुक बनाएको छ।’

यो दुर्घटना करिब १७ दिन अघि दीपावलीको दिन भएको थियो । त्यति बेला यी मजदुरहरू यो सुरुङमा काम गरिरहेका थिए। तर सुरुङ भित्र पसेपछि मजदुरहरू ६० मिटर लामो भग्नावशेषको पर्खालमा फसेका थिए । त्यसपछि क्रमशः भग्नावशेष हटाउने काम सुरु भयो । यस प्रक्रियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोग लिइएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖