• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कञ्चनपुरकी लक्ष्मी १५ दिनदेखि बेपत्ता


  • धनकुटा खबर
  • .

धनगढी । कञ्चनपुरकी एक महिला १५ दिनदेखि बेपत्ता भएकी छन् ।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १० भीम वस्ती बस्ने ३३ वर्षीया लक्ष्मी बिष्ट कात्तिक २८ गतेदेखि बेपत्ता रहेकी छन् । उनी उक्त दिन साँझ ५ बजे घरबाट निस्किएकी थिइन् ।

पारिवारीक स्रोतकाअनुसार लक्ष्मीले धनगढीकी एक जना साथीबाट ४ हजार रुपैयाँ सापटी लिएकी थिइन् । उनी बिष्टको घरमा पैसा मग्न गएका बेला झगडा भएको थियो । त्यसपछि लक्ष्मी घरबाट बेपत्ता भएको लक्ष्मीका श्रीमान हेमन्त बिष्टले बताए ।

तीन सन्तानकी आमा बिष्टको खोजी गर्न पति हेमन्तले इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीमा जाहेरी दिएको बताएका छन् । ५ फिट १ इन्च उचाइ भएकी गहुँ गोरो वर्णकी बिष्टलाई फेला पार्ने व्यक्तिले नजिकको प्रहरी या मोबाइल नम्बर ९८४७१८०८३४ मा सम्पर्क गर्न हुन परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖