• Sunday 4th of October 2026

अभिनेता रजनीकान्त भए सर्वाधिक महंगा, एउटै फिल्मबाट लिए २१० करोड


  • धनकुटा खबर
  • .

दक्षिण भारतीय अभिनेता रजनीकान्त भारतका महंगा अभिनेतामा पर्छन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार रजनीकान्तले एउटै फिल्मबाट २१० करोड भारू लिएका छन्। यतिबेला हलमा उनी अभिनीत फिल्म ‘जेलर’ प्रदर्शन भइरहेको छ।

फिल्मले २२ दिनमा विश्वव्यापी रूपमा ६५० करोड भारू कमाएको छ भने घरेलु बक्स अफिसमा ३८१ करोड भारू कमाएको छ। यसै फिल्मबाट अभिनेता रजनीकान्तले महंगो पारिश्रमिक लिएका हुन्।

हालै फिल्मका निर्माता कलानिधि मारनले रजनीकान्तलाई फिल्मको नाफा सेयर दिएका छन्। कलानिधिले उनलाई १ सय करोड भारूको चेक दिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। यसअघि फिल्मका लागि रजनीकान्तले ११० करोड भारू पारिश्रमिक दिएका थिए।

नेल्सन दिलीपकुमारले निर्देशन गरेको फिल्ममा रजनीकान्तसँगै तमन्ना भाटिया, मोहनलाल, शिव राजकुमार, ज्याकी श्राफ, राम्या कृष्णन, सुनिल, विनायकन, बसन्थ रवि, योग बाबुललगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖