• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

रुसी सेनामा कार्यरत तीन नेपालीको तिहारको दिन मृत्यु, परिवारलाई दुई सातापछि मात्रै खबर


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर १३ । रुसी सेनामा कार्यरत तीनजना नेपालीको मृत्यु भएको छ । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, दोलखाको मेलुङ–६ का राजकुमार रोक्का र इलाम–५ का गंगाराज मोक्तान रहेका छन् ।​

दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार उनीहरूको गत १५ नोभेम्बर (२९ कात्तिक) गते मृत्यु भएको हो । रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपाली पनि रहेको सूचना सार्वजनिक भइरहेका बेला तीन नेपाली मारिएको घटना सार्वजनिक भएको हो । ​

उनीहरूको गत २९ कात्तिक भाइटीकाका दिन एकैसाथ मृत्यु भए पनि परिवारले दुई सातापछि मात्रै खबर पाएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖