• Monday 5th of October 2026

जुर्यो श्रृंखला खतिवडा र सम्भवको बिवाहको साईत, हायात होटलमा…


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडा को लगन गाठो कसिने सीट जुरेको छ । उनीहरु मंसिर २८ गते विवाहबन्धनमा बाँधिने भएका हुन् ।अहिले दुवै पक्षको परिवार विवाहको तयारीमा व्यस्त छन् ।

श्रृंखला र सम्भवको विवाह हायात होटलमा हुने निकटस्थ स्रोतले जानकारी दियो । विवाहको पार्टी पनि हायात होटलमा पुस १ गते राखिएको बुझिएको छ ।

एक वर्षभन्दा बढी समयदेखि श्रृंखला र सम्भव प्रेम सम्बन्धमा थिए । श्रृंखलाले करिब दुई महिना अगाडि मात्रै सम्भवसँग अफेयरको सार्वजनिक स्वीकारोक्ति गरेकी थिइन् । विवाहको विषयमा भने अहिलेसम्म दुवैले कुनै जानकारी दिएका छैनन् । श्रृंखला नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖