• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विवाहमा कुटपिट गरि युवककाे हत्या, ७ जना पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीमा कुटपिट गरेर एक युवककाे हत्या गरिएकाे छ ।

घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीकाे लम्कीचुहा जन्ती गएका बेला मंगलबार हत्या गरिएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका अधिकारीलाई टीकापुर अस्पतालले मृत घाेषणा गरेको हाे।

कुटपिटमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल, २२ वर्षीय बिशाल भुल, २२ को सन्तोष परिया, २४ को गणेश भुल, १५ को पिन्टु चौधरी ,२२ दिल बहादुर चौधरी र २२ को पुरन सार्की रहेका छन् ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖