• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

स्पा सञ्चालकको धन्दा- अश्लील भिडिओ खिचेर युवतीको देह व्यापार


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको रातो पुलमा वेश्यावृत्ति सञ्चालन गरेको आरोपमा स्पा सञ्चालक पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले संखुवासभाको चिचिला गाउँपालिका–१ का ४३ वर्षीय दिनेश पौडेललाई पक्राउ गरेको हो ।

उनले काठमाडौं महानगरपालिका–१ रातो पुलमा नुवाकोट ब्युटी पार्लर एन्ड स्पा सेन्टर सञ्चालन गर्दै आएका थिए । उक्त स्पामा राखिएका युवतीहरुलाई वेश्यावृत्तिमा लगाइएको पाइएपछि पौडेललाई नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार उक्त स्पाबाट ३ जना युवतीलाई उद्धार पनि गरिएको छ । पौडेलमाथि अदालतबाट ५ दिनको थुना म्याद लिएर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖