• Monday 5th of October 2026

बच्चा जन्मिएको साढे एक महिनामै प्रेमिकासँग ब्रेकअप


  • धनकुटा खबर
  • .

ब्राजिलियन स्टार नेमारले प्रेमिका तथा मोडल ब्रुना बियनकार्डीसँग ‘ब्रेकअप’ गरेका छन्।

बच्चा जन्मिएकाे साढे एक महिनामा नै नेमार र मोडल ब्रुनाबीच सम्बन्ध अन्त भएको हो।

ब्रुनाले आफ्नो इन्स्टाग्राममार्फत सम्बन्ध अन्त भएको जानकारी दिएकी हुन्।

इन्स्टाग्राममा उनले एक स्टोरी सेयर गर्दै कसैसँग कुनै सम्बन्ध नरहेको बताएकी छन्।

उनले भनेकी छन्, ‘यो निजी कुरा हो। तर, समाचार, हल्लाहरूले मेरो दैनिकीलाई ध्यानमा राख्दै म स्पष्ट पार्न चाहन्छु कि मेरो कसैसँग कुनै सम्बन्ध छैन। हामी म्याभीका बुवाआमा हौं। र हाम्रा बन्धनको कारण हो। मलाई आशा छ कि उनीहरूले मलाई समाचार कथाहरूसँग जोड्न छोड्नेछन्।’

नेमारमाथि ब्रुनाले आफूलाई नेमारले चिट गर्दै आइरहेकाे आराेप लगाउँदै आएकी थिइन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖