• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

घुस रकमसहित सब–इन्जिनियर अख्तियारको नियन्त्रणमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित सब–इन्जिनियरलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारले बिहीबार बुढानिलकण्ठ नगरपालिकाका सब–इन्जिनियर टिकाराज राईलाई ८० हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

सब–इन्जिनियर राईले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ ।

उनलाई बुढानिलकण्ठ नगरपालिका–७ बाट बिहीबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖