• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री प्रचण्ड दुबई उड्दा छुटेका ३१ यात्रु उडे, निगमसँगै पर्यटनमन्त्रीले मागे माफी


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा बुधवार छुटेका ३१ जना यात्रुलाई नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) बैकल्पिक उडान मार्फत गन्तव्यमा पठाएको छ ।

यात्रुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै निगमले वैकल्पिक उडानबाट सबै यात्रुलाई गन्तव्यमा पुर्‍याउने प्रबन्ध मिलाएको हो ।

यस्ता घटना फेरि दोहोरिन नदिन र क्षति न्यूनीकरणमा प्रयासरत रहेको पनि निगमले जनाएको छ । यता, सेड्युल परिवर्तनका कारण ३१ यात्रु छुटेको भन्दै असुविधाप्रति संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले समेत माफि माग्नुभएको छ ।

निगमले बुधबार राति प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधि मण्डल लिएर दुबई जाने क्रममा ३१ जना यात्रु छुटेका थिए । छुटेका यात्रुलाई निगमले आफ्नै खर्चमा होटलमा राखेको थियोे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖